Logo

पछिलो २४ घण्टामा देशभर दुइ हजार ५६८ जना संक्रमित थपिए, २ हजारभन्दा बढी संक्रमणमुक्त !

 

पछिल्लो २४ घण्टामा नेपाल २ हजार ५ सय ६८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १२ हजार ६३६ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ९ सय ८१ जना र एन्टिजेन विधिबाट ५ सय ८७ जनामा संक्रमण पुष्टि भएको हो । यही अवधिमा थप २ हजार २० जना संक्रमणमुक्त भएका छन् । नेपालमा कूल संक्रमितमध्ये ६ लाख ५६ हजार १९७ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९४.१ प्रतिशत रहेको छ । हाल सक्रिय संक्रमितमध्ये २८ हजार ६३ जना होमआइसोलेसनमा, ३ हजार दुइ सय ३५ जना संस्थागत आइसोलेसनमा, ६ सय ७७ जना आईसीयूमा र १ सय ६९ जना भेन्टिलेटरमा उपचाररत छन् ।

 

 

पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा ९ हजार ८७५ जनाको मृत्यु भइसकेको छ । नेपालमा मृत्यु हुने दर १.५ प्रतिशत रहेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा थप १ लाख ९५ हजार १३२ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । हालसम्म ४० लाख ६४ हजार २ सय ८८ जनाले पहिलो मात्रा र १८ लाख १३ हजार ४ सय ७१ जनाले पूर्ण मात्रा खोप लगाइसकेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्