Logo

एसईईको नतिजा प्रकाशित

ध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज प्रकाशित गरिएको छ । विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई राष्ट्रिय परीक्षा बोर्डले प्रमाणित गरेपछि २०७७ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा प्रकाशन गरिएको हो ।

बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलका अनुसार चार लाख ७४ हजार २७८ विद्यार्थीको नतिजा प्रमाणीकरण गरिएको छ । नतिजा ईजी सर्भिस प्रालिबाट ३४९४९, आकाश टेक प्रालिबाट ३१००३ र जानकी टेक्नोलोजी प्रालि मार्फत् ३५००१ मा एसएमएस गरेर हेर्न सकिने छ ।

त्यस्तै नेपाल टेलिकमबाट १६०० डायल गरेर वा एसएमएस गरेर नतिजा थाहा पाउन सकिन्छ । साथै एनसेलबाट पनि १६०० मा एसएमएस गरेर नतिजा थाहा पाउन सक्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्