Logo

सहयोग सामग्री लिएर नेपाली टोली अफगानिस्तान जाँदै

नेपालले अफगानिस्तानलाई मानवीय सहायता सामग्री पठाउने भएको छ ।

आइतबार मानवीय सहायता सामग्रीसहितका सामग्री लिएर परराष्ट्र मन्त्रालयको टोली अफगानिस्तानको राजधानी काबुल जान लागेको हो ।परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले औषधि, लत्ताकपडासहितका सहयोग सामग्री लिएर नेपाली टोली आइतबार अफगानिस्तान जाने जानकारी दिइन् । यस विषयमा विस्तृतमा जानकारी भने परराष्ट्र मन्त्री डा. नारायण खड्काले आइतबार विहान आयोजित पत्रकार सम्मेलनमा दिने उनले बताइन् ।

अमेरिकी सेनाले अफगानिस्तान छाडेपछि हाल विद्रोही संगठन तालिबानले त्यहाँ शासन सञ्चालन गरिरहेको छ । अफगानिस्तानमा तालिबानले शासन सञ्चालन गर्न थालेपछि ठूलो मानवीय संगठन देखिएको समाचारहरु सार्वजनिक भएका छन् ।

प्रतिक्रिया दिनुहोस्