Logo

देशभर मास्क खै ? अभियान तिब्र (भिडियो सहित)

काठमाडौँ , २९ साउन । कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि देशभर नै मास्क वितरण अभियानलाई तीव्रता दिइएको बताइएको छ ।

नेपाल प्रहरीद्धारा सञ्चालित ‘तपाईँको मास्क खोइ ?’ अभियान अन्तर्गत पछिल्लो २४ घण्टामा मात्रै ६५ हजार ८६९ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार अभियानमा वैशाख ६ यता सात लाख चार हजार ३७६ जनालाई मास्क वितरण गरि सकिएको छ ।

सरकारले पनि सही रुपमा मास्क लगाउन र नलगाउनेलाई मास्क लगाउनका लागि प्रेरित गर्न ‘नेपाल मास्क अभियान’ घोषणा गरिसकेको छ ।
नेपाल प्रहरीले सुरु गरेको अभियानमा जनताको साथ रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्