Logo

माधव नेपालका १४ जना सांसदहरुलाई तत्काल कारबाही गर्न माग

काठमाडौँ ३, भदौ । नेकपा एमाले (समाजवादी) पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका पूर्वप्रधानमन्त्री माधव नेपालका १४ जना सांसदहरुलाई तत्काल कारबाही गर्न नेकपा एमाले ले सभामुखको ध्यानाकर्षण गराएको छ ।

बिहीबार बिहान सभामुख अग्निसापकोटालाई भेटेर एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई नेतृत्वको टोलीले कारबाहीका लागि ध्यानाकर्षण गराएको हो ।
बिहीबार नै माधव नेपालको नेतृत्वमा निर्वाचन आयोगमा नेकपा एमाले (समाजवादी) दर्ताका लागि निवेदन दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्