Logo

प्रदीप गिरिको स्वास्थ्यमा समस्या, भारतमा उपचार हुदैँ

काठमाडौँ ३ भदौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरिको स्वास्थ्यमा समस्या देखिएको छ । केहीदिनदेखि स्वास्थ्यमा समस्या देखिएपछि उनी उपचारका लागि भारतको मुम्बई पुगेका थिए।

अहिले मुम्बईस्थित हिन्दुजा अस्पतालमा गिरिको उपचार जारी छ। उनलाई डाक्टर सुल्तान प्रधान नेतृत्वको चिकित्सक टिमले उपचार गरेको छ। स्रोतकाअनुसार गिरिको घाँटीमा समस्या देखिएको छ।

प्रतिक्रिया दिनुहोस्