Logo

हाँस्य कलाकार सम्भुराम थापा (बखते )को अन्त्येष्टि , रोए बल्छीदेखि अन्य कलाकार (भिडियो सहित)

काठमाडौँ , लक्ष्मण गजुरेल। हास्यँ कलाकार शम्भुराज थापाको कोरोना संक्रमणबाट निधन भएको छ । तीन दशकदेखि कलाकारितामा सक्रिय ५५ वर्षीय थापाको पाटन अस्पतालमा शनिबार बिहान निधन भएको कलाकार दिवाकर घिमिरेले जानकारी दिएका छन् । थापालाई तीन साता अगाडि कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएका उनको उपचारकै क्रममा निधन भएको खवर प्राप्त भएको हो ।

थापाले थुप्रै टेलिसिरियल तथा केही चलचित्रमा अभिनय गरेका छन् । मह संचारको ‘आमा’, ‘मदनबहादुर हरिबहादुर’लगायतका टेलिसिरियलमा अभिनय गरेका थापाले राजेश हमाल, गौरी मल्ललगायतको अभिनय रहेको ‘आफ्नो बिरानो’ चलचित्र निर्माणसमेत गरेका थिए ।

पछिल्लो समय प्रशारण हुँदै आएका धेरै टेलिसिरियलमा उनले अभिनय गर्दै आएका थिए । ‘मेरी बास्सै’, ‘भद्रगोल’, ‘गोलमाल’ ‘हल्का रमाइलो’लगायतका टेलिसियिरयलमा उनी अभिनय गर्दै आएका थिए । ‘हल्का रमाइलो’मा काम गरेपछि उनी दर्शकमाझ ‘बखते’ चरित्रले चर्चित थिए ।

 

थापाको श्रीमती, एक छोरी र एक छोरा रहेका छन् । उनको शनिबार नै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ । अन्तेष्टीमा पुगेका कलाकार मरिचमान श्रेष्ठ बल्छीधुव्रे लगायत धेरै कलाकारको उपस्थिति रहेको थियो । कलाकारहरुले असल कलाकार गुमाएको बताएका छन्। अनलाइन टि भि नेपालले पशुपति पुगेर बनाएको भिडियो रिपोर्ट ः

प्रतिक्रिया दिनुहोस्