Logo

लिभरपुलको लगातार दोस्रो जित !

लिभरपुलले प्रिमियर लिगमा लगातार दोस्रो जित हात पारेको छ ।

शनिबार भएको खेलमा लिभरपुलले बर्नलीलाई घरेलु मैदानमा २-० ले पराजित गरेको हो । एनफिल्डमा घरेलु समर्थकको अगाडि लिभरपुलले मध्यान्तर अघि र पछि एक-एक गोल गर्‍यो । १८ औं मिनेटमा डिएगो जोटाले कोन्स्टान्टिनोस टिमिकासको पासमा गोल गर्दै अग्रता दलाएका थिए । ६९ औं मिनेटमा साडियो मानेले ट्रेन्ट अलेक्जान्डर आर्नोल्डको पासमा गोल गरे ।

२७ औं मिनेटमा मोहमम्द सालाहले गोल गरेपनि भिएआरले अफसाइड घोषित गरिदिएको थियो । लगातार दोस्रो जितपछि लिभरपुल ६ अंकसहित शीर्ष स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्