Logo

आज जनैपूर्णिमा तथा रक्षा बन्धन समुदायले मुलुकभर विशेष महत्वका साथ मनाउँदै।

६ भदौ, काठमाडौं।आज जनैपूर्णिमा तथा रक्षा बन्धन, तागाधारी समुदायले मुलुकभर विशेष महत्वका साथ मनाउँदै छन् । प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने गरिन्छ । आजै रक्षाबन्धन पनि विधिसाथका मनाइँदै छ । साथै आजै तराइमा राखि पर्व मनाइदैंछ । जनै पूर्णीमाकाे अघिल्लाे दिन तागाधारीहरू शुद्द भएर उपवास बसी आज बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमातृका लगाएर स्नान गर्छन्। यसलाई श्रावणी स्नान पनि भनिन्छ।

तागाधारी जातिले कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र अरुन्धतीसहित सप्तऋषिलाई तर्पण दिने भएकाले जनैपूर्णिमालाई ऋषि तर्पणी पनि भन्ने गरिएको छ । नयाँ यज्ञोपवित (जनै) तथा रक्षाबन्धन धारण गरी यस पर्वलाई धुमधामका साथ मनाउन्छन् । यसैगरी तागाधारी लगाएत अन्यले आज रक्षा सुत्र अर्थात रक्षा बन्धन बाँध्ने गर्दछन । आजकाे दिन बाँधिएको धागोलाई तिहारमा लक्ष्मीपूजाको दिनमा फुकालेर गाईको पुच्छरमा बाँधी विसर्जन गरे बैतरणाी नदि तरिन्छ भन्ने धार्मिक विश्वास रहेकाे छ ।

तराईमा आजका दिन दिदीबहिनीले आफ्ना दाजुभाइहरुका नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै स्नेहको प्रतीक राखी बाँधिदिने चलन छ। पछिल्ला वर्षमा पहाडी क्षेत्रमा पनि राखी बाँध्ने चलनकाे थालनी भएकाे छ । यता नेवार समुदायले यस पर्वलाई ‘गुन्हु पुन्ही’ भनी मास, भट्मास, मुँग, ठूलो केराउ, सानो केराउ, चना, सिमी, गुसर र बोडी गरी नौ प्रकारको गेडागुडी मिसाई पकाएको क्वाँटी खाने चलन छ।

क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रैदेखि तापको सञ्चार गर्छ ।

प्रतिक्रिया दिनुहोस्