Logo

पुरोहितहरुको त्यो भीडमा साना २ बाल पुरोहित: रोचक कुराकानी, ग्राहक बोलाउने अनौठो तरिका ……(भिडियो सहित)

पुरोहितहरुको त्यो भीडमा साना दुई बाल पुरोहित पनि थिए । ढाका टोपी, कमिज र पैजामा लगाएका स्कूले बालक थिए, ११ वर्षीय रिजन भट्टराई र १३ वर्षीय अनमोल घिमिरे ।

भक्तजनलाई जनै र रक्षा लगाउन उनीहरु व्यस्त थिए । यी दुवै बालक वैदिक मन्त्रोच्चारण गरेर भक्तजनको हातमा रक्षा बाँधिदिने गरेका थिए । जनै भने उनका हजुर बुवाले लगाउन सहयोग गर्थें। खुशी हुँदै कसैले २० त कसै २ सय रुपैयाँसम्म दक्षिणा दिइरहेका थिए । मन्दिर जाने मुख्य सडकको दक्षिणतिरको पेटीमा बाल पोरोहित जनै, रक्षाबन्धन, टिका, फूल लिएर बसेका थिए । उनीहरु हजुरबुवा लोकनाथा घिमिरेसँगै बिहानै पशुपतिनाथ मन्दिर पुगेका थिए ।

उनीहरु अनलाइन कक्षा बन्द भएकाले हजुरबुवालाई सघाउन मन्दिर गएका रहेछन्। ‘कोरोनाले गर्दा स्कूल खुलेको छैन । कोठामा बसेर अनलाइन कक्षाबाट पढिरहेका छौं, ‘अनमोलले भने,‘आइतबार स्कुल बिदा थियो । हजुरबुवासँग पुरोहितको काम गर्न मन्दिर आएँ ।’

ती साना नानीहरु देखेर पशुपतिनाथ पुगेकाहरु अचम्म पर्दै भन्थे- कसका सन्तान होलान्, कति ज्ञानी । रिजनको घर रामेछाप र अनमोलको घर दोलखा रहेछ। उनीहरु हजुर आमा टोपमाया वाग्लेसँग बसेर काठमाडौंमा पढिरहेका छन् ।

रिजन कक्षा ७ मा पढ्छन् भने कक्षा ४ मा पढ्दै गरेका अनमोल दाजुलाई पछयाइरहेका छन् । बच्चाका हजुरआमाले भनिन्,’पुर्खौली सीप आफ्ना नानीहरुलाई सबैले सिकाउनुपर्छ ।’

 

प्रतिक्रिया दिनुहोस्