Logo

अभिनेत्री ऋचा शर्मा आमा बनिन

नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री ऋचा शर्मा आमा बनेकी छिन् ।उनले छोरालाई जन्म दिएको कमेडी च्याम्पियनको आधिकारिक पेजमा जानकारी दिइएको छ । कमेडी च्याम्पियनको उक्त पोस्ट अभिनेत्री केकी अधिकारीले पनि सेयर गर्दै बधाई दिएकी छिन् ।

उनले आज बिहान ७ बजेर ५२ मिनेटमा छोरालाई जन्म दिएकी हुन्। काठमाडौं थापाथलीस्ठित नर्भिक अस्पतालमा अपरेसनपछि जन्मिएको बच्चाको तौल तीन किलो एक सय ग्राम रहेको नर्भिकका बास्तोलाले बताए। बास्तोलाले ऋचा र उनका छोरा दुबैको स्वास्थ्य सामान्य रहेको समेत अनलाइन लाइ जानकारी दिए।

ऋचाले गत वर्ष दीपेक्षविक्रम राणासँग विवाह गरेकी थिइन्। भिसा गर्ल, लुट, टलकजंग भर्सेस टुल्के, उमाजस्ता फिल्मकी अभिनेत्री ऋचा पछिल्लो समय कमेडी च्याम्पियन नामक कमेडी रियालिटी सोमा निर्णायकको भूमिकामा थिइन्। गत साता डाक्टरले दिएको डेट स्वास्थ्यकै कारण कमेडी च्याम्पियन सिजन २ बाट विश्राम लिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्