Logo

कमेडी च्याम्पियन सिजन २ का भरतमणि पौडेललाई काँग्रेस नेता गगन थापाको भोट दिन अपिल

‘कमेडी च्याम्पियन सिजन २’ अन्तिम चरणमा आइसकेको छ l च्याम्पियन फिनाले अबको केहि दिन मात्रै बाकि भएसँगै यती बेला ३ प्रतिस्पर्धी भरतमणि पौडेल , बिक्की अग्रवाल र सन्तोष थापा भोट्को लागि दौडधुप गरी रहेका छन् l आफ्नो -आफ्नो गृह जिल्ला पुगेका यी तीन प्रतिस्पर्धीहरूलाई बिभिन्न दलको नेताहरूबाटपनि राम्रै साथ सपोट मिलिरहेको सामाजिक संजालमा देखन र सुन्न सकिन्छ।

केही समय अघि भरतका लागि एमाले नेता योगेश भट्टराईले भोट दिन दर्शक समक्ष अपिल गरेका थिए l योगेश भट्टराईले मागेका भोट कत्तिले दिन्छन् त्यो त थाहा छैन l तर अर्का काँग्रेसी नेता गगन थापाले पनि भोट दिन अपिल गरेका छन् l आफू पढेकै कलेज ‘कोइराला मेमोरियल कलेज’मा भरतले पनि अध्ययन गरेको हुँदा l सोही हैसियतका कारण उनले पनि भरतको लागि भोट मागेको बताएका छन्

प्रतिक्रिया दिनुहोस्