Logo

जबरजस्ती करणीको अभियोगमा एक युवा पक्राउ, अर्का फरार

१४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेको छ । तुल्सीपुर उपमहानगरपालिका-११ मा बस्ने कैलाली घर भएका २२ वर्षीय साहु भन्ने विष्णु सुनारलाई प्रहरीले पक्राउ गरेका छन् । सुनार र सोही उपमहानगरपालिका-११ मा बस्ने २४ वर्षीय उमेश विकले ती किशोरीलाई सोही ठाउँस्थित एक कटेजको कोठामा लगि जबरजस्ती करणी गरेको उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले सुनारलाई पक्राउ गरे ।

उनी माथी जिल्ला अदालत ले दाङबाट ७ दिनको म्याद अनुमति लिई थप अनुसन्धान गर्नुका साथै हाल फरार उमेशको प्रहरीले खोजी गरिरहेको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्