Logo

गायक शिव परियारको ‘माय बिक्ने भएछ’ मा पूजा र आकाशको अभिनय (भिडियो सार्वजनिक)

गायक शिव परियारको स्वरमा रहेको ‘माय बिक्ने भएछ’ भिडियो सार्वजनिक भएको छ।

एम टि गणेश अधिकारीको सब्दमा रहेको भिडियोको संगीत नबिन कार्कीले गरेका छन भने बिशाल निरौलाको सम्योजन तथा मिक्सीङ रहेको छ। यस म्युजिक भिडियोको निर्देशन निकेश खड्काले गरेका हुन्। बुद्ध थापाको छायांकान र बिकाश धमलाले सम्पादन रहेको छ। भिडियो शनिबार बिशाल निरौला युट्युब च्यानल बाट सार्वजनिक भएको हो।

यस म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्माको अभिनय देख्न सकिन्छ। भिडियो एकदमै मार्मिक बनेको छ।आज भोलि बजारमा माया बिक्ने भएछ भनेर भनिएको छ। प्रेमी र प्रेमिका बीचको माया निकै सस्तो र एउटा संग माया गरेर अर्कै संग बिहे गर्न खोजेको देख्न सकिन्छ। मायामा धोका दिनेलाई कानुन बन्नु पर्यो भनेर सजाय दिनुपर्ने कुरा भिडियो बाट बुझ्न सकिन्छ। एउटा प्रेमी र प्रेमिका बीचको सम्बन्ध बिछोड बारे भिडियोमा देखाइएको छ।

भिडियो सहित

प्रतिक्रिया दिनुहोस्