Logo

आफनै कार्यकर्ताबाट मेयर कुटिए (भिडियो सहित)

बुटवलका मेयर शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवक नेकपा एमालेकै कार्यकर्ता रहेको बताएको छ । एमाले रूपन्देहीका अध्यक्षसमेत रहेका मेयर सुवेदीलाई सोमबार पहिरो निरीक्षणका क्रममा बुटवल–३ ज्योतिनगरमा मुक्का हान्ने युवक गणेश पंगेनी अनेरास्ववियु रुपन्देही जिल्ला कमिटी सदस्य रहेको नेताहरुले बताएका छन् ।

 

उनी लुम्बिनी वाणिज्य क्याम्पस बुटवलका विद्यार्थी रहेका छन् । उनी पहिरो प्रभावित क्षेत्र बुटवल–३ ज्योतिनगरका बासिन्दा हुन् । पहिरोले ज्योतिनगरवासी विस्थापित र असुरक्षित हुँदा स्थानीय सरकारले चासो नदिएकाले आक्रोशित भएर उनले मुक्का हानेको बताएका प्रहरीले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्