Logo

पदक वितरणप्रति ओलीको व्यंग्य : रत्नपार्कमा बसेर वितरण गरेकोजस्तो छ !

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफ्नो विरोध नहोस् भनेर जसलाई पायो उसलाई पदक तथा विभूषण वितरण गरेको आरोप लगाएका छन् । मंगलबार एक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री केपी ओलीले आफ्नो सरकारले त्यसैगरी पदक वितरण गरेको भए खपिनसक्नु हुने टिप्पणी गरे ।

‘यति धेरै पदक कहिल्यै पनि वितरण गरेको थिएन । रत्नपार्कमा बसेर वितरण गरेकोजस्तो छ ह्वार ह्वार, म प्रधानमन्त्री भएको बेला यसरी वितरण गरेको भए ..ओ हो.. के हुन्थ्यो ? बुद्धिजीवी, नागरिक समाजले के भन्थे’, ओलीको प्रश्न छ । तर अहिलेको सरकारले यसरी वितरण गर्दा पनि सब चुपचाप कोहि केहि नबोली बसेको टिप्पणी गरे ।

उनले राजनीतिमा नैराश्य प्रदान काम सरकारले गरेको भन्दै निरङ्कुश राजतन्त्र लडेर मुलुकलाई संघीय गणतन्त्रसम्म ल्याए पनि पुनः अहिले निराशा छाउने काम यो सरकारले गरिरहेको बताए । फरक प्रशंगमा ओलीले कम्युनिस्टहरू पावर केन्द्रित हुन्छन् भन्ने कुरामा सत्यता नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्