Logo

प्रियंकाकी छोरी ‘आयान्का’ को इन्स्टाग्राम, दुई दिनमै १५ हजारभन्दा धेरै फलोअर्स

अभिनेत्री प्रियंका कार्कीले बुधबार छोरीलाई जन्म दिएकी छन्। गर्भवती अवस्थामा हुँदा प्रियंका चर्चामा थिइन्। छोरीलाई जन्म दिएपछि उनको चर्चा थपिएको छ। छोरी जन्मिनुअघि नै प्रियंका र उनका श्रीमान आयुष्मान देषराज जोशीले उनको नाम ‘आयान्का’ राखिसकेका थिए। छोरी जन्मिएपछि त झन् उनीहरुको खुसी मात्रै चुलिएको छैन्, चर्चामा पनि चुलिएको छ। बुधबार यता सामाजिक सञ्जालमा प्रियंका र उनकी छोरीको चर्चा छ।

चर्चै चर्चाका बीच प्रियंका र आयुष्मानले अर्को चर्चा पाउने काम गरेका छन्। छोरी जन्मिएकै दिन दुईले छोरीको इन्स्टाग्राम खोलेका छन्।
इन्स्टाग्रामको नियमअनुसार १३ वर्ष नपुग्दासम्म कसैले पनि यो माध्यम चलाउन पाउँदैन्। यदि चलाउनै परेमा उनको परिवार वा आमाबुबाले यसलाई सञ्चालन गर्नुपर्छ। यसरी सञ्चालन गर्दा आफ्नो ह्याडलको ‘बायो’मै कसले चलाइरहेको छ भन्ने खुलाउन आवश्यक हुन्छ।

प्रियंका र आयुषमानले यही प्रक्रियाअनुसार आफ्नी छोरीको इन्स्टाग्राम सञ्चालन गरेका छन्। बुधबार साँझ आयान्क कार्की जोशीको नामबाट उनीहरुले छोरीको इन्स्टाग्राम खोलेका छन्, जसमा आफू जन्मिएको खबरसहित उपस्थित भएकी थिइन्, आयान्का।एकाउन्ट खोलेको दुई दिनमा नै आयान्काको इन्स्टाग्राममा १५ हजारभन्दा धेरै फलोवर्स भएका छन् भने चार वटा पोष्ट समेत भइसकेका छन्। जसमा हजारौं लाइक र संयौं कमेन्ट आएको देखिन्छ।

जन्मिनुअघि जसरी चर्चामा थिइन् आयान्का, जन्मिएपछि पनि उत्तिकै चर्चामा रहने देखिन्छिन्। प्रियंकाले आफूजस्तै छोरीलाई पनि हरदम चर्चाको शिखरमा राख्ने संकेत यो इन्स्टाग्राम खोलिनुले पनि देखाएको छ।

प्रतिक्रिया दिनुहोस्