Logo

३०० ग्राम सुनको बालासहित अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ जना पक्राउ

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३०० ग्राम अवैध सुनसहित ६ जनालाई प्रहरीले पक्राउ गरेका छन् । बैदेशिक रोजगारीको शिलशिलामा विभिन्न देशहरुवाट फर्किएका कामदारहरुलाई प्रयोग गरी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भन्सार छली सुनका गर गहनाहरु तस्करी हुने गरेको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेका हुन्।

उनीहरुबाट प्रहरीले ३०० ग्राम सुनको बाला बरामद गरेका छन् । पक्राउ परेका उनीहरुलाई महानगरीय प्रहरी वृत गौशालामा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्