Logo

ट्याक्सी ड्राइभर कर्णराज गिरिको ‘आमा’ सार्वजनिक भिडियो

काठमाडौँ, दिपक गिरी | ट्याक्सी ड्राइभर गायक कर्णराज गिरिको स्वरमा रहेको आफ्नो जीवनमा आधारित ‘आमा’ गीत सार्वजनिक भएको छ | कर्ण पेसाले ट्याक्सी ड्राइभर हुन्। मिठो गीत पनि गाउथे उनको आमाको सपना थियो मेरो छोरो ठुलो गायक बनोस भनेर त्यहि आमाको सपना पुरा गर्नको लागी ट्याक्सी ड्राइभर गिरीले ‘द भ्वाइस अफ नेपाल सिजन ३’मा भाग लिएका थिए।

 

ब्लाइण्ड अडिसनमा छानिए पछी कर्ण निकै खुसि थिए कर्णको खुसी धेरै बेर टिक्न सकेन। आमाको स्वास्थ्य अवस्था बिग्रिदै गयो र आमालाई अस्पताल भर्ना गर्नु पर्यो जसो त्यसो उनले आफ्नो मुटु माथी ढुंगा राखी आफ्नो प्रस्तुतिलाई अगाडी बढाएर सम्पूर्ण दर्शक श्रोताको मन जित्न सफल भएका थिए। एक पछी अर्को प्रस्तुति दिदै गिरि टप १० मा पुगे संगै आमाको दु:खद मृत्युको खबर प्राप्त भएपछी राम्रो प्रस्तुति दिन नसकेका कारण भ्वाइसको यात्रा टुंगियो।

भ्वाईस अफ नेपालपछी उनको पहिलो म्युजिक भिडियो आमा सार्वजनिक भएको हो | आमा भन्दा ठुलो यो संसारमा अरु कुनै चिज छैन भन्ने कुरा भिडियोमा देख्न सकिन्छ | आमाको त्यो न्यानो माया फेरी कहिले पाइदैन भन्ने कुरा बुज्न सकिन्छ |

भिडियोमा कर्ण राज गिरिको मुख्य अभिनय रहेको छ। सरिता राज उपाध्या, सन्तोष केसी, सुनिल थापा मगर, राज चामलिंग सुरेश कोहोलीको अभिनय छ भने प्रियांश कँडेलको बाल अभिनय देख्न सकिन्छ। कर्णराज गिरिले आमालाई सम्झेर भिडियोमै रोएका छन्।

चर्चित म्युजिक भिडियो निर्देशक शसान कंडेलको निर्देशन मा रहेको भिडियो किरण माइकल घिमिरेको शब्द संगीत र साहस शाक्यले एरेन्ज गरेका छन् | मिक्सिङ मास्टरिङ्ग चन्द्र चौधरीले गरेका हुन्। बुद्ध थापाले छायांकन गरेको उक्त भिडियो बिकाश दाहालले सम्पादन गरेका छन्। ब्यागराउण्ड स्कोर बिनय कार्कीको छ।

‘आमा’ भिडियो शनिबार कर्णराज गिरि अफिसियल युटुब च्यानल बाट सार्वजनिक गरीएको हो। भिडियो निकै मार्मिक बनेको छ। आमा र छोरा बिचको माया भिडियोमा देख्न पाइन्छ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्