Logo

भिडन्तमा परी एमनमा ५० को मृत्यु

यमनमा हुथी विद्रोही र सरकारी सेनाबीच भएको भिडन्तमा परी कम्तिमा ५० जना मारिय । मारिब शहरलाई नियन्त्रणमा लिनका लागि भएको भिडन्तमा परी हुथी विद्रोही र सरकार समर्थित सेना गरी कम्तिमा ५० जना मारिएको एएफपीले सैन्य स्रोतलाई उदृत गर्दै खबर लेखेका छन् । मारिनेमध्ये अधिकांश हुथी विद्रोही हुन् ।

 

२४ घण्टामा ४३ विद्रोही मारिएका छन् र सैन्य स्रोतलाई उद्धृत गर्दै समाचारमा भनिएको हो । समाचार अनुसार अधिकांश विद्रोहीहरु गठबन्धनले मारिबको पश्चिमी क्षेत्रमा गरेको हवाइ कारबाहीमा परी मारिएका छन् । साउथी समर्थित सरकारको नियन्त्रणमा रहेको अन्तिम गढ मारिबलाई हुथी विद्रोहीले नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । सोही क्रममा भएको भिडन्तमा पछिल्लो हताहती पनि भएको छ इरान समर्थित हुथी विद्रोहीले तेल खानीको ठूलो भण्डार रहेको उक्त शहरमा पुन: आक्रमण गर्न थालेपछि यस महिनामा मात्रै सैयौं मानिसको ज्यान गएको हो ।

प्रतिक्रिया दिनुहोस्