Logo

डुंगा दुर्घटना हुँदा बाह्रको मृत्यु धेरै बेपत्ता

चीनको गुझाउ प्रान्तमा भएको पानी जहाज दुर्घटनामा परी कम्तीमा १२ जनाको मृत्यु भएको हो । जान्क नदीमा भएको दुर्घटनामा परी अरु तीन जना हराईरहेका सरकारी अधिकारीहरुले बताय्येका छन् ।

 

अत्यधिक भारीका कारण पानी जहाज पल्टीएको हुनसक्ने प्रारम्भीकले अनुमान गरेको हो । दुर्घटना भएका बेला जहाजमा कुल ४० यात्रु रहेका थिए । घटनापछि अरुलाई उद्धार गरिएको थियो भने हराईरहेकाहरुको अहिले पनि खोजी भइरहेको बताएको छ । खोजीका लागि ५० भन्दा बढी उद्धार जहाज, २१४ जना उद्धारकर्तालगायत परिचालन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्