Logo

तराई बाट उपत्येका आउने क्रम मा २६ सय किलो पटाका बारामद

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकास्थित गोठाटारबाट प्रहरीले ठुलो परिमाणमा पटाका बरामद गरेको हो । गएराती अपराध महाशाखाबाट खटिएको टोलीले करिब २६ सय किलो पटाका बरामद गरेको छ।

तिहार र छठमा बिक्री गर्ने योजनासहित तराईको बाटो हुँदै काठमाडौंमा पटाका ल्याएको सुराकको आधारमा महाशाखाले गोठाटारको गोदाममा छापा मारेको हो । पटाका बरामदबारे आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर जानकारी दिइने महाशाखाले बताएको छ । नाकामा चेकजाँच कडा नहुँदा सो पटाका काठमाडौं भित्रिएको हो। काठमाडौं प्रहरीले दसैँ लक्षित सुरक्षा योजना सार्वजनिक गरेपनि नाकामा चेकजाँच कडा पारिएको छैन् । गोदाम सञ्चालकले दसैँपछि बेच्नेगरी सो पटाका भारतबाट मगाएर स्टोर गरेर राखेको महाशाखाका एक अधिकृतले बताए ।

प्रतिक्रिया दिनुहोस्