Logo

महेश बरालको ‘म ढले पछि’ मा कर्णराजको आवाज, भोलि सार्वजनिक हुदै

‘द भ्वाइस अफ नेपाल सिजन ३’ को उत्कृष्ट १० मा पुगेका कर्णराज गिरिको दोस्रो म्युजिक भिडियो भोलि (सोमबार) २ बजे सार्वजनिक हुदैँछ । ‘म ढले पछि’ बोलको गितको भिडियो पोखरामा सुटिङ सम्पन्न भएको यस गीतका गीतकार महेश बरालले अनलाइन टिभी नेपाललाई जानकारी दिए। महेश बराल भन्छन् गीत निकै मिठो र सरल बनेको छ।

दर्शकहरुले माया गर्नु हुन्छ भने आशा गरेका छौ। गीतमा अजित रायमाझी संगै राजु ग्याबक र सर्मिला डिसिको अभिनय रहेको छ । महेश बरालले शब्द लेखेका हुन् भने यस भिडियोलाई अजित रायमाझीको निर्देशन गरेका छन्। भोलि २ बजे कर्ण राज गिरीको अपिसल युटुब च्यानलमा अपलोड हुने छ।

प्रतिक्रिया दिनुहोस्