Logo

पाथिभिरा माताले सबैको रक्षा गरुन: आजको राशिफल : असोज १९ गते, मंगलबार

मेष : स्वास्थमा क्रमिक सुधार हुने छ । मित्रजनको सहयोग प्राप्त हुने छ । प्रेम प्रस्ताव आउने छ ।

वृष : अध्ययन राम्रो रहने छ । आर्थिक क्षेत्रमा सुधार आउने छ । सामान्य विवाद हुने छ । मित्रजनको सहयोग प्राप्त हुने छ ।

मिथुन : स्वास्थको कारणले महत्वपूर्ण कार्य रोकिने छन । मध्यान्हदेखि केही महत्वपूर्ण भेटघाटमा व्यस्त भइने छ । विद्यार्थी जीवन राम्रो रहने छ ।

कर्कट : नसोचेको आर्थिक समस्या आउने छ । राजनैतिक क्षेत्रमा सफलता प्राप्त हुने छ । अध्यायन क्षेत्र राम्रो रहने छ । दाजुभाइको सम्बध सोचे जस्तो राम्रो नरहला ।

सिंह : उत्साह उमङ्ग थपिने छ । बोलीको प्रभाव बढ्ने छ । आर्थिक क्षेत्रमा सफलता प्राप्त हुने छ । कुरा काट्ने मानिस बढ्ने छन्, वास्ता नगर्नु होला ।

कन्या : व्यापार व्यवसायमा समृद्धि हुने छ । मित्रजनदेखि टाढिनु पर्ने छ । यात्राको सु–अवसर प्राप्त हुनाले उत्साहका साथ दिन बित्नेछन् ।

तुला : बोलीको प्रभाव बढ्ने छ । केही सामन्य झन्झन्ट आउने छ । कुनै पनि व्यक्तिलाई आर्थिक सहयोग नगर्नु होला ।

वृश्चिक : प्रेम प्रस्तावलाई प्राप्त हुने सम्भावना रहेको छ । व्यापार व्यवसायमा लगानी बढाउनुपर्ने हुन्छ । विद्यार्थी वर्गको लागि राम्रो समय रहने छ ।

धनु : सहयोगी साथीहरुसँग मिलेर नयाँ कार्मको थालनी गरिने छ । खानपिनमा विशेष ध्यान दिनुहोला । पैसा हराउने देखिन्छ, सजग रहनुहोला ।

मकर : नयाँ कार्य गर्नको लागि मित्रजनदेखि प्रस्ताव आउने छ । यात्रा गर्दा अतिनै सावधानी अपनाउनु होला । इष्टदेवको आरधना गर्नाले राम्रो हुने छ ।

कुम्भ : बोलीको प्रभाव बढ्ने छ । आर्थिक सुधार हुनाले रोकिएका कार्यहरू बन्ने छन् । मित्रजनसँग सामान्य विवाद हुनसक्छ । सकेसम्म कम बोल्नु राम्रो रहने छ ।

मीन : आर्थिक लेनदेन कम गर्नु होला । पारिवारिक जमघट बढ्ने छ । नवीन कार्यको थालनी हुने छ । आम्दानी तथा व्यवसायमा राम्रो रहने छ । प्रेमप्रेमिका बीच गोप्य भेटघाट हुनेछ ।

प्रतिक्रिया दिनुहोस्