Logo

३३ किलो सुन काण्ड : मुख्य योजनाकार ‘गोरे’लाई जन्मकैदको फैसला…..(भिडियो सहित)

त्रिभुवन विमानस्थलबाट बाहिरिएर अझैसम्म पत्ता लाग्न नसकेको ३३ किलो प्रकरणको फैसला भएको छ। जिल्ला अदालत मोरङले आज चार वर्षपछि फैसला सुनाएको हो। जसमा ७७ जना प्रतिवादीमध्ये ८ जनलाई मात्र सजाय तोकिएको छ। ४८ जनाले सफाइ पाउँदा २१ जना प्रतिवादी अझै फरार छन्।

सुन प्रकरणका मुख्य योजनाकार भनिएका चुडामणि उप्रेती गोरेलाई जन्मकैद सजाय सुनाइएको हो। त्यस्तै, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, भोजराज भण्डारी र नरेन्द्र कार्कीलाई जन्म कैद सुनाइएको हो। दुई जनालाई भने तीन वर्ष र ६ महिना कैद सजाय सुनाइएको छ। फरार २२ अभियुक्तको मुद्दा मुल्तबीमा राखिएको र अन्य आरोपीलाई भने अदालतले सफाइ दिएको छ।

प्रतिक्रिया दिनुहोस्