Logo

घरको छतबाट खसेर ९२ बर्सिए पौडेलको मृत्यु

अर्घाखाँचीको सन्धिखर्कमा घरको छतबाट खसेर एक वृद्धको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार सन्धिखर्क नगरपालिका वडा नम्बर–१, शान्तिबगैंचाका ९२ वर्षिय खिमानन्द पौडेलको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको छ ।

आज बिहान छतबाट खसेका पौडेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ। प्रहरी निरीक्षक गणेश खनालले घटनाबारे थप अनुसन्धान भइरहेको बताएका छन् । शव पोस्टमार्टमको लागि अर्घाखाँची अस्पताल लगिएको हो ।

प्रतिक्रिया दिनुहोस्