Logo

अष्ट्रेलिया पठाइदिन्छु भनी रकम ठगेको आरोपमा एकजना पक्राउ

काठमाडौं – महानगरीय अपराध महाशाखाले अष्ट्रेलिया पठाइदिन्छु भनी रकम ठगीको गरेको आरोपमा एकजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-१३ घर भइ हाल काठमाडौं महानगरपालिका-१० मध्‍य बानेश्‍वर बस्‍दै आएका ४१ वर्षीय मणि निरौला हुन् । उनलाई काठमाडौंको नयाँ बानेश्‍वरबाट पक्राउ गरिएको अपराध महाशाखाले बताएको छ ।

 

निरौलाले टोखा नगरपालिका-१ का २४ वर्षीय सुजन खत्रीलाई अध्‍ययनको लागि डिपेण्डेन्ट भिसामा अस्ट्रेलिया पठाइदिन्छु भन्‍दै १२ लाख रुपैया ठगी गरेको प्रहरीको भनाइ छ । पक्राउ परेका उनलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत सिंहदरवार काठमाडौंमा पठाइएको हो ।

प्रतिक्रिया दिनुहोस्