Logo

आर्यन सिग्देल र रिसिता रोयको ‘मेरे इस दिल पे’ (भिडियो सार्वजनिक)

अभिनेता आर्यन सिग्देल र रिसिता रोयको ‘मेरे इस दिल पे’ हिन्दि म्युजिक भिडियो सार्वजनिक भएको छ।

केशव भाबुक र रिसिता रोयले गाएको भिडियोलाई ससान कडेलले डाइरेक्सन गरेका छन्। भिडियोमा प्रेमी र प्रेमिका बीचको गहिरो माया प्रेमलाई देखाइएको छ। भारतीय युवती र नेपाली युवक बीचको प्रेम सम्बन्धलाई परिवारले स्वीकार नगरेपछि भगाएर नेपाल ल्याएको देख्न सकिन्छ। केटिको परिवारले केटामाथि हातपात गरेको र उनीहरुको सम्बन्धलाई छुटाउन खोजिएको छ। भिडियो एकदमै राम्रो बनेको छ।

सुधा मरहट्टा को सब्द रहेको गीतमा महेश ज्ञवालीको संगीत छ भने संजय हमालको एरेन्ज छ। बुद्ध थापाले छयांकन गरेको भिडियोलाई बिकाश दाहालले सम्पादन गरेका हुन्। भिडियोमा सहायक पात्रका रुपमा देव केसी, अमन लोप्चन, मोहितोष रोय, गौतम, सन्तोष कार्कीलाई देख्न सकिन्छ। भिडियो टंक बुढाथोकी युटुब च्यानल बाट सार्वजनिक भएको छ।

प्रतिक्रिया दिनुहोस्