Logo

उपमेयर कपमा भक्तपुरको शानदार विजय

उपमेयर कप’ महिला फुटबल प्रतियोगितामा आज भक्तपुर नगरपालिकाले पुतलीबजार नगरपालिकालाई ८-१ फराकिलो गोल अन्तरले जित हात पारेको छ। जितको लागि मनिषा बास्कोटाले २ गोल, सीम्रन बास्नेतले २ गोल, करुणा परियारले ३ गोल र अञ्जली मचामसीले १ गोल गरेका थिए।

‘म्यान अफ द म्याच’ भक्तपुर नगरपालिकाका खेलाडी अन्जली मचामसीलाई ५ हजार नगद पुरस्कारसहित मायाको चिनो प्रदान गर्नुभएको थियो। डिफेन्डर सुस्मिता भारती भन्छिन् कडा मेहनतकै कारण हामीले खेल जित सफल भयो। सुस्मिता र सरिताको खेललाई दर्शक दिगामा बसेकाहरु निकै राम्रो खेलको भन्दै तारिफ समेत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्