Logo

प्रधानन्यायाधीश राणाका पक्षमा युवाले गरे सर्वोच्च अगाडी मोटरसाइकल र्‍याली हेर्नुहोस भिडियो सहित

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै नेपाल बार एशोसिएशनले सर्वोच्च अदालतको मूलगेटमा लगातार धर्ना दिइरहँदा राणाले पनि आफ्नो शक्ति प्रदर्शन गर्न थाल्नुभएको छ । यसैक्रममा आइतबार अदालत खुल्ने समयमा राणाका पक्षमा नाराबाजी गर्दै हुलका हुल युवाहरु सर्वोच्च अदालत परिसरमा ओइरिएका छन् ।

मोटरसाइकलमा आएका ती युवाहरुले न्यायमा अवरोध गर्न नपाइने भन्दै बार एशोसिएशनले गरेको आन्दोलन विरुद्ध नाराबाजी गरेका थिए ।त्यसक्रममा सर्वोच्च अदालतको गेटमै भिडन्त हुने अवस्था आयको थियो। राणाको पक्षमा मोटरसाइकल र्‍याली आएका युवाहरु मध्य १७ जानालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसअघि, बारका पक्षमा रहेका वकीलहरुले मूलगेटमै धर्ना दिएर प्रधानन्यायाधीशलाई प्रवेशमा अवरोध गरेपछि राणा भने अर्को गेट प्रयोग गर्दै अदालत प्रवेश गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्