Logo

नेपाली दाजुभाइले ईतिहास रचदै तेलगुफिल्मको ‘नाटु नाटु’ गीतमा कभर डान्स बनाएर बने भाइरल

नेपाली दाजुभाइले ईतिहास रचदै तेलगुफिल्मको ‘नाटु नाटु’ गीतमा कभर डान्स बनाएर बने भाइरल संसारभरका दर्शक नचाइरहेको छ।टिकटक र अरू सामाजिक सञ्जालमा कभर डान्स बनाउनेहरूबीच रामचरण र एनटिआरको फुटस्टेपसँग तालमेल मिलाउने प्रतिस्पर्धा नै चलेको छ। यो प्रतिस्पर्धामा नेपालका दुई किशोर अरूभन्दा धेरै अघि देखिएका छन्।

गत शुक्रबार सार्वजनिक यो गीतको तेलगु भर्सनमा वीरगन्जका अभय चौधरी र आयुष चौधरीले तीन दिनअघि कभर भिडिओ बनाएर सार्वजनिक गरेका थिए।

भिडिओमा उनीहरूले रामचरण-एनटिआर जोडीको डान्स र आफ्नो डान्स सँगसँगै राखेका छन्। उनीहरूले डान्स स्टेप सिक्न चाहनेका लागि कभर भिडिओ पनि बनाएका छन्। ‘नाटु नाटु ट्युटोरियल’ नाम दिइएको यो भिडिओले अहिलेसम्म ५० लाख भ्युज पाईसकेको छ।

एमएम किरवानीको संगीतमा बनेको नाटु नाटुमा आधारित उनीहरूको कभर भिडिओलाई चर्चित भारतीय कलाकार र डान्सरले समेत सेयर गरेका छन्। उनीहरूको कभर भिडिओ ‘आरआरआर’ फिल्मको आधिकारिक ट्विटर ह्यान्डलबाट समेत ट्विट भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्