Logo

गायिका प्रविशाको टिकाटालो, मंसिर ५ गते बिहे

गायिका तथा मोडल प्रविशा अधिकारीले आज इन्गेजमेन्ट गरेकी छिन् । उनले प्रेमी निर्माण सिटौलासँग आज टिकाटालो गरेकी हुन् । प्रविशा र निर्माणको टिकाटालो उनीहरुको गृह जिल्ला झापामा भएको हो । प्रविशा र निर्माणको बिहे मंसिर ५ गते हुँदैछ । यसका लागि प्रविशा केही दिन अगाडि मात्र झापा पुगेकी छिन् ।

 

 

उनीहरुले एक अर्कालाई मन पराएका हुन्। बिहेकै लागि निर्माण केही समय अगाडि मात्र नेपाल आएका थिए । मंसिर ५ गते प्रविशाले आफ्ना परिवार र आफन्तलाई साक्षी राखेर निर्माणसँगै बैबाहिक जीवन सुरु गर्ने तयारी गरेकी छिन् । प्रविशा ‘द भ्वाइस किड्स’को कोच बनेपछि चर्चामा छिन । उनले गाएका दर्जन बढी गीतले पनि दर्शकको मन जितिस केका छन् ।

प्रतिक्रिया दिनुहोस्