Logo

बब्लु र साजनले हाले बारको अध्यक्ष चण्डेश्वरलाई मुद्दा

हन्ड्रेड ग्रुपका अध्यक्ष बब्लु गुप्ता र साजन बिस्वकर्माको टिमले काठमाण्डौ जिल्ला अदालतमा नेपाल बार एसोसिएसनका अधक्ष्य चण्डेश्वर श्रेष्ठलाई गालि बेईज्जती सम्बन्धि मुद्धा गरेका छन। बब्लुले आफनो संस्था माथि बिभिन्न किसिमको आरोप लगाएको कारण हामि अदालतमा सम्म पुग्न बाध्य भएको अनलाइन टिभी नेपाललाई बताए। बब्लु भन्छन् आफनो संस्थाले संस्थाको उद्देश्य बमोजिम काम गर्दै आइरहेको छ ।

सर्वोच्च अदालत ठप्प हुँदा न्याय प्राप्त गर्ने सेवाग्राहीलाई अन्याय भएकोले सर्वाेच्च अदालतका इजलाश सूचारु गराउने उद्देश्यले दवाव सिर्जना गर्न शन्तिपूर्वक सडकमा आएकोमा नेपाल बारका पदाधिकारीहरु मध्ये चण्डेश्वर श्रेष्ठ, ईश्वरी प्रसाद भट्टराई र लिलामणी पौडेलले समेत प्रेस विज्ञप्ती जारी गरी अत्यन्त तल्लो स्तरको गालि गरेको कारण यस संस्थाको इज्जतमा धक्का पुराउन खोजेको प्रति हामीले आपत्ति जनाउदै मुद्दा दायर गरीएको हौ।

 

प्रतिक्रिया दिनुहोस्