Logo

युवा नेता महेश बस्नेतको भिम रावललाई ठाडो चुनौती: कुनै पनि हालतमा जित्दैनन, ‘अध्यक्षको उम्मेदवारी फिर्ता लिनुस'(हेर्नुहोस भिडियो सहित )

नेकपा (एमाले) का प्रभावशाली युवा नेता तथा पूर्वमन्त्री महेश बस्नेतले आफूले दशौं राष्ट्रिय महाधिवेशनमा सचिवमा उम्मेद्धवारी दिने घोषणा गरेका छन्। आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमार्फत नेता बस्नेतले आफूले सचिवमा उम्मेद्धवारी दिने घोषणा गरेका हुन्। उनले आफूले पार्टीमा खेलेको भूमिकाको कारण पनि देशभरिबाट आउने महाधिवेशन प्रतिनिधिहरुले अत्यधिक मत दिएर विजयी बनाउने पनि विश्वास दिलाए।

नेता बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओली नै १० औं महाधिवेशनबाट सर्वसम्मत् अध्यक्ष हुने पनि दाबी गरे। उनले भने,‘हाम्रो अध्यक्ष केपी ओलीलाई फादर अफ द नेशनको रुपमा युवाहरुले स्विकार गरेका छन्, यो महाधिवेशनलाई उहाँलाई सर्वसम्मत् अध्यक्ष बनाउँछ भन्नेमा म विश्वस्त छु।’ पार्टीले यसअघि नै विधान महाधिवेशन सफलतापूर्वक सम्पन्न गरिसकेकोले चितवनमा हुने १०औं महाधिवेशनमा नेतृत्व चयन गरिने बताए।

उनले अध्यक्षमा उम्मेद्धवारी घोषणा गरेका भीम रावललाई उम्मेद्धवारी फिर्ता गर्न पनि सुझाव दिए। उनले भने,‘उहाँले दुई कारणले उम्मेद्धवारी दिएको हुनसक्छ। एउटा अध्यक्षको दाबी गर्दै पार्टीका अन्य भूमिका, पदमा स्थापित गराउन चाहेको पनि हुनसक्छ। दोस्रो, अध्यक्षमा उम्मेद्धवारी दिने अनि जित्ने कुनै सम्भावना छैन्।

प्रतिक्रिया दिनुहोस्