Logo

चलचित्र ‘प्रेम गीत ३’ फागुन १३ मा प्रदर्शन

नेपाली चलचित्र क्षेत्र चलायमान हुदैछ यसै क्रममा कोरोना को कारणले रोकियको चलचित्रहरुले एक पछि अर्को चलचित्रले आफनो प्रदर्शन मिति सार्बजनिक गर्दैछन यसैक्रम मा नेपाली दर्सकको बेग प्रर्तिक्षामा रहेको चलचित्र ‘प्रेम गीत ३’ ले पनि आफनो प्रदर्शन मिति तयगरेको छ। कोरोना महामारीका कारण हामीले २०७६ चैत २८ मा प्रदर्शन गर्ने भनिएको चलचित्र ‘प्रेम गीत ३’ को नयाँ प्रदर्शन मिति तय गरेका छौं ।

अब यो चलचित्र नेपालभरका हलमा आगामी फागुन १३ गते प्रदर्शन हुनेछ । यस चलचित्र हिन्दि भाषामा समेत प्रदर्शन हुँदैछ भन्ने तपाईहरुलाई अबगतै छ । तर, बलिउड टिमसँग हिन्दि भाषाको प्रदर्शनबारे छलफल भइरहेकाले हामीले सुरुमा नेपालभरका हलमा प्रदर्शन गर्ने निर्णय गरेका हौं । चलचित्रका प्राविधिक काम सम्पन्न गर्दा प्रदर्शन गर्न केहि ढिला भएकोमा तपाईहरुमाँझ माफी माग्दै चलचित्रको प्रमोशनमा तपाईहरुको साथ, सहयोग र सद्भाव रहने आशा गरेका छौं । महामारीको चोटलाई बिर्सिएर हामी अब चलचित्रको माहोल सिर्जना गर्ने हेतुले समेत यो निर्णय गरेका छौं ।

प्रतिक्रिया दिनुहोस्