Logo

एमालेको १०औं महाधिवेशन उद्घाटन अघि नै भत्कियो एमाले महाधिवेशनको स्वागतद्वार

एमालेको १०औं महाधिवेशनका चितवनमा मात्रै ५० वटा स्वागतद्वार बनाइएको छ । २५ ठाउँमा ‘सेल्फी प्वाइन्ट’ बनाइएको छ । औपचारिक रुपमा उद्घाटन हुनुअघि नै नेकपा एमालेको महाधिवेशनका लागि बनाइएको स्वागतद्वार भत्किएको छ । बिहीबार साँझ सौराहको हातीचोकमा बनाइएको सहायक स्वागतद्वार भत्किएको हो ।

आज औपचारिक उद्घटन हुँदै छ । महाधिवेशनको लागि एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका शीर्ष नेताहरु चितवन पुगिसकेका छन् । देशभरबाट नेता कार्यकर्ता जम्मा हुने क्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस्