Logo

समाज बदल्ने छोरीहरु – साहासी तीन छोरी जसले डा. देवकोटालाई बोकेरै आर्यघाट पुर्याए …(हेर्नुहोस् भिडियो)

निष्प्राण डा. उपेन्द्र देवकोटालाई उनकै रगत र पसिना सिंचित बाँसबारीस्थित न्युरो अस्पतालको प्राङ्गणमा श्रद्धाञ्जलीका लागि राखिएको थियो । उनकै इच्छाअनुसार निधनपछि दौरा, सुरुवाल र ढाका टोपी पहिर्‍याएको थियो । फूलै फूलको चाङमाथि चिर-विश्राम लिइरहेका डा. देवकोटाका सम्मुखमा थिए, पत्नी डा. मधु दीक्षित । देवकोटासँगै थिए तीन छोरीहरु मेधा, वसुधा र मञ्जरी । सायौं विरामीलाई नयाँ जीवन दिएका डा. देवकोटाप्रति श्रद्धान्जली दिन शुभचिन्तक तथा समर्थकको भीड लागेको थियो । डा. देवकोटाको पार्थिव शरीरमा फूल चढाएपछि धेरै भावुक भए, कतिपय त भक्कानिएर रोए । तीन छोरी भने डा. देवकोटाको निस्प्राण देहको यसरी ख्याल राखिरहेका थिए, ताकि बाबालाई कुनै असजिलो नहोस् । फूलमाला र अबिरले नबिझाओस् । अनुहारमा परेको एक चिम्टी अबिरसमेत मायालु हातहरुले पुछिदिन्थे । यस्तो लाग्थ्यो डा. देवकोटा मरेका छैनन् । उनीहरुलाई लाग्दो हो, यति निशब्द, यति निरिह, यति निर्जीव कहिल्यै थिएनन्, बाबा । थप जानकारीको लागि भिडियो हेर्नुहोस्…

प्रतिक्रिया दिनुहोस्