Logo

प्रदेश ५ मा मस्कन लाउने १ हजार भन्दा बढी पक्राउ !

 

मास्क नलगाइ हिड्नेहरुमाथि कारवाही गर्ने क्रम प्रहरी अगाडी तिव्ररुपमा बढाएको छ । प्रदेश ५ मा मास्क नलगाउँदा १ हजार १९ जना कारबाहीमा परेका छन् ।विश्वव्यापी कोरोना महामारीबाट बच्नका सतर्कता अपनाउँदै गृहमन्त्रालयले जारी गरेको निर्देशन अनुसार सार्वजनिक ठाउँमा मास्क नलगाउँने ६ सय २१ जना पुरुष तथा ३९८ जना मलिा कारबाहीमा परेका हुन् ।

प्रदेश ५ प्रहरी कार्यालय दालङले दिएको जानकारी अनुसार गत असार २३ गतेदेखि यहि साउन ३ गतेसम्म ११ दिनकोअवधिमा उनिहरुलाई कारबाही गरिएको हो ।कारबाहीमा पर्नेहरुमा सबैभन्दा बढी बर्दियाका ६ सय २५ जना रहेका छन् । ३ सय ८६ जना पुरुष तथा २३९ जना महिला मास्क नलगाएका कारण कारबाहीमा परेका हुन् ।

यसैगरी प्यूठाउनमा १८५ पुरुष तथा १३६ महिला गरी ३२१ जना प्रहरी कारबाहीमा परेका छन् । रुपन्देहीमा ६० जना प्रहरी कारबाहीमा परेकामा ९ जना पुरुष तथा ४१ जना पुरुष तथा १९ जना महिला रहेका छन् भने अर्घाखाँचीमा ९ जना पुरुष तथा ४ जना महिला गरी १३ जना प्रहरी कारबाहीमा परेका छन् ।कोरोना महामारीबाट बच्न कुनै पनि सार्वजनिक ठाउँमा जाँदा तथा घर बाहिर निस्किँदा अनिवार्य मास्क लगाउँन आग्रह गर्दै प्रहरीले प्रक्राउ गरिएकाहरुलाई सम्झाइ बुझाई गरी छाडेको प्रदेश प्रहरी कार्यालय एसएसपी राज कुमार बैदवार बताए ।

प्रतिक्रिया दिनुहोस्