Logo

banner-2

र्‍यापर लाउरे पोखरामा पक्राउ

चर्चित र्‍यापर आशिष राना ‘लाउरे’ पोखरामा पक्राउ परेका छन् । लागूऔषध सेवनको अभियोगमा कास्की प्रहरीले उनलाई पक्राउ गरेको हो । कास्की प्रहरी प्रमुख एसपी रमेश थापाका अनुसार लाउरे लागू औषध ब्राउनसुगर सेवन गरेको भेटिएको थियो । उनीबाट लागूऔषध बरामद भने भएको छैन । पोखराको न्यूरोडबाट लाहुरेसहित ४ जना पक्राउ परेका

पछिल्लो २४ घण्टामा उपत्यकामा मात्र ३८२५ जनामा कोरोना संक्रमण पुष्टी,१५ जनाको मृत्‍यु !

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ हजार ८२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा २ हजार ८४९, भक्तपुरमा ४५८ र ललितपुरमा ५१८ जना कोरोना संक्रमित भेटिएका हुन् । यस्तै एकै दिन काठमाडौँ उपत्‍यकामा १५ जनाको मृत्‍यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएका छन् । बुधबार देशभर ५८ जनाको मृत्यु

अहिले सम्मकैनया रेकर्ड: एकै दिन थप ७ हजार २११ जनामा संक्रमण पुष्टि ,२८ जना को मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १४७ पीसीआर परीक्षणमा ७ हजार १३७ जना र ६२३ एन्टिजेन परीक्षणमा ७४ जना गरी एकै दिन ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिलो २४ घण्टामा थप २८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

आज फेरी ३३ जनाको मृत्यु, ५,७२७ जना संक्रमित

काठमाडौं – आज वैशाख १७ गते थप ५,७२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ३९१ पीसीआर परीक्षणमा ५,६५७ जना र ५२५ जनाको एन्टिजेन परीक्षणमा ७० जना गरी ५७२७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या

ज्ञानेन्द्र शाहः पूर्वरानी कोमल आईसीयूमा, कोभिड सङ्क्रमित पूर्वराजा र छोरी प्रेरणाको अवस्था कस्तो छ

कोरोनाभाइरसबाट सङ्क्रमित भई उपचार गराइरहेकी पूर्वरानी कोमल शाहलाई अहिले ‘हाई फ्लो अक्सिजन सपोर्ट’मा राखिएको नर्भिक अस्पतालले बताएको छ। “शरीरमा अक्सिजनको मात्रा कम देखिएपछि ‘हाई फ्लो अक्सिजन सपोर्ट’ मा उहाँलाई आईसीयूमा राखिएको छ,” अस्पतालका सञ्चार तथा जनसम्पर्क विभाग प्रमुख सोमनाथ बास्तोलाले बिहीवार बिहान भने। उनका अनुसार अक्सिजनको मात्रा कम भएर श्वासप्रश्वासमा