Logo

Month: June 2020

रिलिजको अन्योलमा ‘ए मेरो हजुर ४’

यस वर्षको प्रतिक्षित चलचित्र हो, ‘ए मेरो हजुर ४’ । झरना थापा निर्देशित यस चलचित्रमा ‘ए मेरो हजुर ३’को सुपरहिट जोडी अनमोल केसी र सुहाना थापाको अभिनय रहेको छ । लकडाउन नभएको भए यतिबेला चलचित्रको छायांकन पूरा भइसक्थ्यो । तर, कोरोनाको त्रासका कारण लकडाउन हुदाँ छायांकन बीचैमा रोकिएको छ ।

प्रियंकाको भन्छिन्- ‘नेपोटिजम सबै क्षेत्रमा छ’

अहिले बलिउडमा मात्र होइन, नेपाली चलचित्र क्षेत्रमा पनि ‘नेपोटिजम’ विषयमा विभिन्न प्रश्न उठिरहेका छन् । बलिउडमा सुशान्त सिंह राजपुतको मृत्युपछि सुरु भएको यस विवादमा नेपाली कलाकारहरुले पनि बोलिरहेका छन् । कोही कलाकार नेपाली चलचित्र क्षेत्रमा परिवारवाद, गुठबन्दी जस्ता कुराहरु हाबी हुदैँ गएको तर्क राख्दै आएका छन् भने केही कलाकारहरु अहिले

निर्मातालाई पल शाहको काउन्टर, पारिश्रमिक नपाउँदा डिप्रेशनमा कलाकार !

चलचित्र क्षेत्रमा नेपोटिज्मको विषयमा बहस चर्किरहँदा अभिनेता पल शाहले भने केही फरक प्रश्न खडा गरेका छन् । उनले चलचित्रमा काम गरेर वर्षौंसम्म पारिश्रमिक नपाउँदा कलाकारहरुलाई हुने पिडाको विषयमा आवाज उठाएका छन् । कलाकारहरु डिप्रेशनमा जानु पर्ने कारण र आत्माहत्या गर्नुपर्ने कारण नै पारिश्रमिक नपाउने भएको उनको भनाई छ । चलचित्रमा

“भिजीट कोहलपुर पर्यटन प्रवद्र्धन सम्बन्धि विज्ञापन सार्वजनिक”

पश्चिम नेपालको एक पर्यटकीय नगरी कोहलपुर नगरपालिका भित्र पर्ने मुख्य–मुख्य पर्यटकीय क्षेत्र तथा आकर्षकहरुको बारेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गर्न भनि पर्यटन प्रवद्र्धन सम्बन्धि विज्ञापन सार्वजनिक भएको छ । कोहलपुर नगरपालिका क्षेत्र भित्रका होमस्टे, पार्क, भ्यूटावर, चौराहा, बाँके राष्ट्रिय निकुञ्ज र यस भित्रका जंगल सफारी, हात्ती सफारी, वर्ड

सुशान्तको परिवारलाई साथ दिन सलमानको आग्रह

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युपछि बलिउडमा ठुलो विवाद चर्किएको छ । निर्माता, निर्देशकदेखि कलाकारसम्म यस विवादमा मुझिएका छन् । सलमान खान, करण जोहर, एकता कपूरलगायत ८ जनाविरुद्ध अदालतमा उजुरी समेत दर्ता गरिएको छ । नातावाद र कृपावादको मुद्दालाई उठाएर उनीहरु विरुद्ध मुद्दा दायर गरिएको छ । सामाजिक संजालमा दर्शकले

घर घरमा कमेडी गर्दै कमेडी च्याम्पियन टिम

नेपालको पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को पहिलो सिजन निकै हिट भयो । रियालिटी शोमा यस शोले छुट्टै छाप बनायो । यस शोले थुप्रै रेकर्ड बनाएको छ । अब सोही कमेडी च्याम्पियन टिमले ‘घरघरमा कमेडी’ नामक रियालिटी शो सुरु गर्ने भएको छ । यस शोमा सहभागी हुन प्रतियोगीले आफ्नै घरबाट

निको नभई घर फर्किइन् कोरोना संक्रमित निरिशा

झण्डै दुई साता अगाडि कोरोना संक्रमण देखिएपछि अभिनेत्री निरिशा बस्नेत अस्पता भर्ना भएकी थिइन् । मुम्बाईमा रहेकी निरिशा त्यहीँको अस्पतालमा उपचार गराइरहेकी थिइन् । अहिले निरिशा घर फर्किएकी छिन् । स्वस्थ्यमा सुधार आएपछि उनलाई अस्पतालले घर फर्काएको हो । तर, उनी पूर्ण रुपमा निको भएकी भने होइनन् । उनी पूर्ण

‘लकडाउनपछि चलचित्र क्षेत्र फिल्टर हुनेछ’

नायिका केकी अधिकारी अब चलचित्र क्षेत्रमा फिल्टर हुने बताउँछिन् । कोरोना र लकडाउनले गर्दा चलचित्र क्षेत्रको गन्जागोल हट्ने केकीको विश्वास छ । केकीले अब चलचित्र क्षेत्रमा एनआरएन निर्माताहरुले लगानी गर्ने आट नगर्ने बताउँछिन् । उनले भनिन्, ‘अहिले जसरी चलचित्र क्षेत्रमा बाहिरी देशमा रहेकाहरुले लगानी गरिरहेका छन्, त्यो हट्नेछ । अब

विदामा आएकाहरुलाई वैदेशिक रोजगारीमा जान दिने निर्णय !

सरकारले आंशिक रुपमा वैदेशिक रोजगारी खुला गर्ने भएको छ । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को शुक्रबार बसेको बैठकले विदामा आएकाहरुलाई रोजगारीमा जान दिने निर्णय गरेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सिफारिसमा जान दिने निर्णय गरिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए । सरकारले ३० फागुनदेखि श्रम स्वीकृति बन्द गरेको

घट्दैछन् आलियाका फलोअर्स

बलिउडड अभिनेत्री आलिया भट्टको इन्स्टाग्राममा झण्डै १० लाख फलोअर्स घटेका छन् । ४ करोड ९० लाख हाराहरी फलोअर्स भएको आलियाको इन्स्टामा अहिले ४ करोड ८० लाख फलोअर्स बाँकी रहेका छन् । सुशान्त सिंह राजपूतको आत्माहत्याको घटनापछि आलिया विवादमा मुछिएकी थिइन् । बलिउडमा बढ्दै गएको ‘नेपोटिजम’ र ‘ग्रुपिजम’को कारण सुशान्त मरेको