Logo

अर्थ

अर्थ मन्त्रालयको लज्जास्पद जवाफ : सीसीटीभी फुटेज डिलिट भयो

काठमाण्डौ : अर्थ मन्त्रालयले बजेट घोषणाको अघिल्लो दिनको सीसीटीभी फुटेज मेटिएको जनाएको छ । मन्त्रालयले आज आइतवार सूचना माग गर्ने उपभोक्ता हित संरक्षण मञ्च नेपालका जयप्रसाद पौडेललाई पत्र पठाएर बढीमा १३ दिनसम्मको सीसीटीभी फुटेज अभिलेखमा रहने र त्यसपछि स्वतः मेटिँदै जाने भएकाले बजेट घोषणाको अघिल्लो दिन अर्थात् जेठ १४ गतेदेखि

दुर्गा प्रसाईंको पहलमा राजकुमार जुमा अल मकतुमले झापामा १० अर्ब लगानी गर्ने

बीएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंको पहलमा युएईका राजकुमारले झापाको जलथल जङ्गल, किच्कबध र कचनकवलको हाेचाे भूभाग र हल्दिबारीकाे भेलागडी सिमसारमा पर्यटन विकासको लागि लगानी गर्ने भएका छन् । केही समय अगाडि दुबईका अधिराजकुमार जुमा अल मकतुमले झापा लगायत नेपालका विभिन्न ठाउँको अवलोकन भ्रमण गरी स्वदेश फर्किए लगतै युएई दूतावासको

नबिल बैंकमा सीईओको कार्यभार ज्ञानेन्द्र ढुंगानाले सम्हाले

काठमाडौं : ज्ञानेन्द्र ढुंगानाले नबिल बैंकले नयाँ प्रमुख कार्यकारी अधिकृत [सीइओ] को कार्यभार सम्हालेका छन् । बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले ढुंगानालाई सीईओमा नियुत्त गरेको थियो । उनले शुक्रबारबाट आफ्नो जिम्मेवारी सम्हालेका हुन् । अनिल केशरी शाहले सेवानिवृत्त भएपछि बैंकले ढुंगानालाई सीईओमा नियुक्त गरेको हो ।

धितोपत्र कारोबार बिक्रीतर्फको एओएन फिचर हट्यो

काठमाडौं : नेपाल स्टक एक्सचेञ्जले धितोपत्र कारोबार बिक्रीतर्फको अल अर नन (एओएन) फिचर हटाएको छ । लगानीकर्ताले आन्दोलनका दौरान यस्तो प्रावधान हटाउन माग गरेका थिए । सोही अनुसार नेपाल धितोपत्र बोर्डले यो व्यवस्था हटाउन निर्देशन दिएको थियो। यसअघि खरिदमा समेत रहेको एओएन प्रावधान विरोधपछि हटाइएको थियो । खरीद तथा बिक्रीमा

बहुमतले पारित भयो बागमतीको बजेट

हेटौंडा : बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रदेशसभाबाट बहुमतले पारित भएको छ । बिहीबार बसेको प्रदेशसभा बैठकले असार १ गते सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित गरेको हो । बागमती प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले पेस गरेको अर्थ सम्बन्धीको प्रस्तावलाई कार्यान्वयन

सेयर बजारमा छलाङ, परिसूचकमा ७५ अंकले वृद्धि

काठमाडौं : साताको पाँचौँ कारोबार बिहीबार सेयर बजारमा छलाङ आएको छ । केही महिनायतादेखि निरन्तर घटेको सेयर बजार यो साता भने केही सुधार आएको छ । बिहीबार नेपाल स्टक एक्सचेञ्ज परिसूचक ७४.९३ अकंले बढेर २०३७.६४ विन्दुमा बन्द भएको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज परिसूचक ४१.३९ अकंले बढेर १९६२.७१ विन्दुमा

सरकारले देशभर बजार अनुगमन गर्ने

काठमाडौं : शनिबार इन्धनको मूल्य घटेको जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले भनेका थिए, पेट्रोल र डिजेलको मूल्य घटेपछि बजार मूल्य पनि स्वतः घट्छ । सँगसँगै उनले बजार अनुगमनको काम पनि अघि बढाउने बताएका थिए । बुधबार पनि मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले केही

प्रदेश १ मा विनियोजन विधेयकमाथि छलफल सकियो

विराटनगर : विनियोजन विधेयकमा निर्दिष्ट गरिएका शीर्षकमाथिको छलफल समाप्त भएको छ । प्रदेश नं. १ प्रदेशसभाको आज बसेको बैठकमा स्वास्थ्य मन्त्रालय र सामाजिक विकास मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथि छलफल भएको थियो । छलफलमा प्रदेशसभा सदस्य सञ्जाकुमारी दुनुवारले नागरिकको स्वास्थ्यका लागि स्वास्थ्य क्षेत्रमा छुट्याइएको बजेटको कार्यान्वयनमा ध्यान दिनुपर्ने बताइन् । सदस्य सावित्रकुमारी

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

बुधबार सुनको मूल्य प्रतितोला एक सय रुपैयाँ बढेको छ। चाँदीको मूल्य भने १५ रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९७ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला ९७ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, आज चाँदी प्रतितोला १२ सय

एमालेले माग्यो १४ जेठ मध्यरातिको अर्थ मन्त्रालयकाे सीसीटिभी फुटेज

प्रमुख प्रतिपक्षी दल एमालेले बजेट सार्वजनिकको अघिल्लो दिन १४ जेठ मध्यरातिको अर्थ मन्त्रालयको सीसीटिभी फुटेज उपलब्ध गराउन माग गरेका छन् । उक्त दिन मध्यराति अर्थमन्त्री जनार्दन शर्माले दुई जना अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा छिराएर करको दर परिवर्तन गराएको समाचार आएपछि एमालेले उक्त दिनको सीसीटिभी फुटेज मागेको हो । मंगलबार बसेको प्रतिनिधिसभा