Logo

अन्तर्राष्ट्रिय

नेपाली नागरिक र भुटानी नागरिक बाहेक अरुलाई भारत प्रवेशमा रोक !

कोरोना कोभिड–१९ को संक्रमण विस्तारसँगै भारतले शुक्रबारबाट लागू हुने गरी विदेशी नागरिकलाई आफ्नो मुलुक प्रवेशमा रोक लगाएको छ । त्यस्तो रोक भिसा लिनुपर्ने मुलुकहरूका लागि मात्र भएकाले नेपालीले आउजाउ गर्न पाउनेछन् । भारतीय उच्च अधिकारीहरूको बुधबारको बैठकले शुक्रबार १२ बजेबाट लागू हुने गरी भिसा लिनुपर्ने मुलुकका नागरिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको

कोरोना भाइरसको प्रभाव चीनमा समाप्त भएको घोषणा, रेलमार्ग, सडकमा गाडी र ठुला कम्पनि पसल खुले !

चीनले कोरोना भाइरस ‘कोभिड–१९’ को प्रभाव चीनमा समाप्त भएको घोषणा गरेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले बिहीबार कोरोनाको प्रभाव समाप्त भएको जनाएकोे हो । विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोनालाई महामारी घोषणा गरेकै भोलिपल्ट चीनले आफ्नो देशमा कोरोनाको प्रभाव समाप्त भएको घोषणा गरेको हो । यो संगै चीनको उत्तरपश्चिम सिनजियाङ

क्रिस्टियानो रोनाल्डो क्‍वारेन्टाइनमा !

युभेन्टसका खेलाडी डानिएले रुगानीलाई कोरोना भाइरस(कोभिड–१९) को पुष्टि भएसँगै क्रिस्टियानो रोनाल्डो र गोर्डन राम्सेलाई पनि क्वारेन्टाइनमा राखिएको छ । रुगानीसँगको सम्पर्कमा रहेको भन्दै रोनाल्डो र राम्सेलाई आइसोलेसनमा राखिएको हो । कोभिड–१९ को पुष्टि भएसँगै रुगानीले भनेका छन्, ‘समाचार पढेर मेरो बारेमा चिन्ता लिनेहरुलाई म ठिक भएको विश्वस्त तुल्याउन चाहन्छु। सबैले

लेबनानमा एक नेपाली शान्ति सैनिकको मृत्यु !

संयुक्त राष्ट्र संघीय शान्ति मिसनअन्तर्गत लेबनानमा एक जना नेपाली सैनिकको मृत्यु भएको छ।लेबनानस्थित युनिफिलले विज्ञप्ति जारी गर्दै मंगलबार एक दुर्घटनामा परी ती शान्ति सैनिकको मृत्यु भएको उल्लेख गरेको छ। दक्षिण लेबनानको मेस एज जेबेलस्थित नेपाली क्याम्पमा सामान ओसारपसार गर्दा उनको टाउकोमा चोट लागेको थियो। उनको मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको

अमेरिकामा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३० पुग्यो !

अमेरिकामा कोरोना भाइरस अर्थात कोभिड–१९ का कारण ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ ।विश्वका विभिन्न विषयसँग सम्बन्धित तथ्याङ्क निकाल्ने संस्था वल्र्डओमेटर्सडटइन्फोका अनुसार मंगलबार पनि थप चार जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोनामो मृत्यु हुनेको संख्या ३० पुगेको हो । सोमबार पनि ५ जनाकोको मृत्यु भएको थियो । अमेरिकामा हालसम्म ९ सय

कोरोना संक्रमणबाट मंगलबार मात्र २ सय ५६ जनाको मृत्यु, कुन कुन ठाउमा कति ?

विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ४ हजारभन्दा बढी पुगेको छ । यस भाइरसबाट मंगलबार साँझसम्म विश्वभर ४ हजार २ सय ६४ जनाको मृत्यु भएको हो । त्यसमध्ये चीनमा मृत्यु हुनेहरुको संख्या ३ हजार १ सय ३६ पुगेको छ भने मंगलबार मात्र त्यहाँ १७ जनाको मृत्यु भएको छ ।

कतारले नेपालसहित १४ मुलुकका नागरिकलाई प्रवेशमा रोक लगायो !

यता कतारले नेपालसहित १४ मुलुकका नागरिकलाई प्रवेशमा रोक लगाएको छ । कतार नेपालीको प्रमुख रोजगारगन्तव्य मुलुक हो । तर उसले कोरोना भाइरसप्रति सतर्कता अपनाउँदै १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाइएको छ । सरकारले नेपाली नागरिकलाई प्रवेशमा रोक लगाएपछि नेपाली दूताबासले अत्यावश्यक बाहेक भेटघाट र भौतिक सम्पर्क नराख्न तथा इमेल वा

अष्ट्रेलियामा नेपाली विद्यार्थीलाई कोरोना भाइरसको संक्रमण !

अष्ट्रेलियाको तास्मानिया राज्यस्थित होबार्टमा एक नेपाली विद्यार्थीलाई कोरोना भाइरसको संक्रमण भएको छ ।उनलाई अस्पताल भर्ना गरिएको छ भने उनीसँग नजिकको सम्पर्कमा रहेका चार जनालाई पनि क्वारेन्टाइनमा राखिएको छ ।फेब्रुअरी २६ मा नेपालबाट सिंगापुर र सिड्नी हुँदै होबार्ट आएका एक नेपाली विद्यार्थीलाई कोरोना भाइरसको संक्रमण देखिएको हो । ‘उनको स्वास्थ्य स्थितिमा

भारतमा ३ वर्षीय बालक माकोरोना भाइरस (कोभिड–१९)को संक्रमण !

भारतमा तीन वर्षीय बालकमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ । भारतमा कोरोनाबाट संक्रमित मध्ये केरल राज्यका उनी सबै भन्दा कम उमेरका बिरामी हुन् ।इटलीबाट दुवई हुँदै सात मार्चमा उनी भारत आएका थिए । कोच्ची एयरपोर्टमा खटिएको कोरोना निगरानी समूहले स्वास्थ्य परिक्षण गर्ने क्रममा बालकमा हल्का ज्वरो देखिएको थियो ।

इजरायलमा पनि अब कारोनाबाट जोगिन अब ‘नमस्ते’ गरौं !

विश्वभरमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ३ हजार भन्दा धेरै भएको छ । कोरोना संक्रमणका कारण इजरायल पनि नराम्रोसँग प्रभावित भएको छ ।कोरोना संक्रमण फैलना सक्ने खतरालाई मध्यनजर गर्दै इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आफ्ना देशका नागरिकलाई अपिल गर्दै भेटघाटका क्रममा हात नमिलाउन अपिल गरेका छन् । उनले त्यसको सट्टा