Logo

प्रदेश

प्रदेश २ मा पछिल्लो २४ घण्टामा १ सय २० जनामा कोरोना संक्रमण पुष्टि

प्रदेश २ मा पछिल्लो २४ घण्टामा १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।मंगलबार परिक्षण गरिएर आएको पीसीआर रिपोर्ट १ सय २० जनाको पोजेटिभ आएको प्रदेश २ को स्वास्थ्य निर्देशनालयका बरिष्ट अधिकृतले जानकारी दिए । उनका अनुसार संक्रमितको रिपोर्ट कुन जिल्लाका कति छन् भन्ने छुट्याउने काम भइरहेको छ

प्रदेश १ मा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर । प्रदेश १ मा थप पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार झापामा ४ र मोरङमा एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो कोसी अस्पताल विराटनगरको प्रयोगशालामा परीक्षण गर्दा झापाको गौरीगञ्ज गाउँपालिकाका ४ जना र विराटनगरमा महानगरपालिकाका १ जनामा कोरोना पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ

धनुषा सर्लाही र रौतहटमा गरी ६० जना संक्रमित थपिए (हेर्नुहोस भिडियो सहित )

जनकपुर । आज धनुषा, सर्लाही र रौतहट मा गरेर ६० जना कोरोना संक्रमित थपिएका छन् । नयाँ संक्रमितमा रौतहटमा २९ जना, धनुषामा २१ र सर्लाहीमा १० जना छन् । यस्तै, धनुषामा संक्रमित भएकामध्ये मुखियापट्टी मुसहरनिया क्वारेन्टाइनका ११ जना, गोपाल धर्मशालाको क्वारेन्टाइनका ९ जना र गणेशमान चारनाथ नगरपालिकाको क्वारेन्टाइनका एक जना

सर्लाहीमा भारतीय समूह जबर्जस्ती नेपाल छिर्न खोजेपछि हवाई फायर

भारतीय नागरिकहरुको समूह जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि सर्लाहीको सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको टोलीले हवाई फायर गरेको छ ।सर्लाहीको विष्णु गाउँपालिका–२ पकडी स्थित दशगजा क्षेत्रबाट करिब ३०–४० जनाको समूह नेपाल प्रवेश गर्न खोजेको थियो । सो समूहले हुलहुज्जत गरी हतियार खोस्ने प्रयाससमेत गरेपछि एक राउन्ड हवाई फायर गर्नु परेको

सप्तरीमा डुबेर १६ महिने बालकको मृत्यु

सप्तरीको रुपनी गाउँपालिका–२ पौवामा एक बालकको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको छ । घर नजिकै खेलिरहेका सियाराम मण्डलका १६ महिने छोरा आयुष मण्डलको आज डुबेर मृत्यु भएको हो । खाल्डोमा लडेर अचेत भएका बालकलाई उपचारका लागि नजिकैको युनिक अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा बालकको मृत्यु भएको परिवारका

सर्लाहीमा छुट्टाछुटै ठाउँको पोखरीमा डुबेर बालिका सहित २ जनाको मृत्यु

प्रदेश २ सर्लाहीको छुट्टाछुटै ठाउँको पोखरीमा डुबेर दुईजनाको मृत्यु भएको छ। सर्लाहीको चन्द्रनगर र बरबरियामा पोखरीमा डुबेर एक युवक र बालिकाको मृत्यु भएको हो ।सर्लाहीको बसबरिया गाउँपालिका–४ गोनर्वाका वीरु पासवानकी चार वर्षकी छोरी लालमुनी पासवान रहेको प्रहरीले जनाएको छ । घरनजिकै रहेको राम जानकी मन्दिरको पोखरीमा बालिका डुबेको स्थानीयले जानकारी

थप ११ जनामा कोरोना देखियो, संक्रमितको संख्या ३९० पुग्यो

नेपालमा थप ११ जनामा क्प्रोना देखिएको छ । मंगलबार प्रदेश-१ मा थप ११ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ।संक्रमितहरूमध्ये झापाको कचनकवल गाउँपालिकाका ९ जना र सुनसरीका दुई जना छन्। सुनसरीमा देखिएका दुई जनामध्ये एक जना सशस्त्र प्रहरी रहेको खुलेको छ। झापामा थपिएका संक्रमितहरू भारतबाट आएका हुन्। सोमबार पनि गाउँपालिकाकै एक

झापामा ९ र सुनसरीमा २ जना कोरोना संक्रमित थपिए

प्रदेश १ मा मंगलबार ११ जना कोरोना भाइरस (कोभिड १९) संक्रमित थपिएका छन् ।झापाका ९ र सुनसरीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । झापाका ९ जनामा कोरोना संक्रमण देखिएको कोशी अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्राले पुष्टि गरिन् ।उनीहरुको कोशी अस्पताल विराटनगरकै प्रयोगशालामा पीसीआर परीक्षण गरिएको थियो ।

बारामा निषेधाज्ञा जेठ २० गतेसम्म थपियो

मध्य तराईको बारा, पर्सा र रौतहटमा कोरोना संक्रमितको संख्यामा वृद्धि भएसँगै जिल्ला प्रशासन कार्यालय बाराले निषेधाज्ञा जारी गरेको छ ।सुरक्षा समितिको सोमबार बसेको बैठकले मंगलबार बिहान ६ बजेदेखि जेठ २० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लागू गर्ने निर्णय गरेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए । मध्य

सर्लाहीका कोरोना संक्रमित मानसिक सन्तुलन गुमाएका व्यक्ति

पछिल्लो पटक सर्लाहीमा फेला परेका कोरोना संक्रमित ४५ वर्षीय पुरुष मानसिक सन्तुलन गुमाएका व्यक्ति रहेको पाइएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार राति सार्वजनिक गरेको २६ जना संक्रमितको सूचीमा एक जना सर्लाहीका व्यक्ति पनि छन् । उनी हरिपूर्वा नगरपालिका वडा नम्बर ३ का बासिन्दा हुन् । ४५ वर्षीय ती पुरुषको