Logo

समाचार

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जिल्ला प्रशासन कार्यालय इलाम पुगेर इलाम-२ मा बैशाख १५ गते हुने उप-निर्वाचन लागि सुरक्षासहित सबै प्रबन्ध मिलाउन दिए निर्देशन

इलाम १७ चैत । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले इलाम-२ मा बैशाख १५ गते हुने उप-निर्वाचन तयारीबारे जानकारी लिनुभएकाे छ। इलाम रहनुभएका मन्त्री लामिछानेले जिल्ला प्रशासन कार्यालय पुगेर निर्वाचन तयारीबारे जानकारी लिँदै भयरहित वातावरणमा मतदान हुने व्यवस्थाका लागि सुरक्षासहित सबै प्रबन्ध मिलाउन निर्देशन समेत दिनुभएकाे हाे। एउटै निर्वाचन क्षेत्रमा हुने

रिपोर्टर्स क्लब नेपाल आजदेखि २६ औं वर्षमा प्रवेश

काठमाण्डौ, चैत १७ । देशभरिका पत्रकारहरुको सञ्जाल रिपोर्टर्स क्लब नेपालको २५ औं बर्ष पूरा गरी आजदेखि २६ औं वर्षमा प्रवेश गरेको छ । क्लबको बार्षिकोत्सवको अवसरमा आज सम्मान तथा पुरस्कार वितरण तथा स्मारिका विमोचनको कार्यक्रम राखिएको छ । नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा दिउँसो २ बजे हुने कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल

त्रिशूली दुर्घटना अपडेटः ट्याक्सीमा सवार एक बालकसहित पाँच जनाको मृत्यु

चितवन, १७ चैत । काठमाडौंबाट गोरखातर्फ आउँदै गरेको ट्याक्सी त्रिशूलीमा नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई पुरुष, दुई महिला र एक बालिकाको मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार ज्यान गुमाएकाहरूको परिचय खुलेको छैन । आज बिहान ७ः१५ बजे चितवनको इच्छाकामना गाउँपालिका–५

उपनिर्वाचनः इलाम–२ बाट रास्वपाको उम्मेदवार मिलन लिम्बु

काठमाडौं, १५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले असन्न उपनिर्वाचमा इलाम–२ बाट मिलन लिम्बुलाई उम्मेदवार बनाएको छ । प्राइमरी इलेक्सनका लागि रास्वपाले सार्वजनिक गरेको ६ जनाको नाम मध्ये लिम्बुलाई सर्वसम्मत उम्मेदवार बनाइएको हो । लिम्बुले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरिसकेका थिए । पछिल्लो पटक रास्वपाले उनीसँग संवाद बढाउँदै गएको

होलिको दिन कर्णाली पुलबाट हाम फालेका युवकको शव भेटियो

१५ चैत । चार दिन अघि कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम फाल्दा बेपत्ता भएका युवकको शव फेला परेको छ । कैलालीको लम्की–चुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्र शाहीले गत सोमबार दिउँसो कर्णाली पुलबाट हाम फालेका थिए । शाहीको शव कैलालीको टीकापुर नगरपालिकास्थित सन्कटीघाटस्थित कर्णाली नदीको किनारमा भेटिएको हो। घटनालगत्तै

इलाम-२ मा राप्रपाले लक्ष्मी गुरुङलाई मैदान उतार्ने

काठमाडौं,१५ चैत । आसन्न उपनिर्वाचनका लागि इलाम २ मा राप्रपाले उम्मेदवारको टुंगो लगाएको छ । राप्रपाको आज बसेको बैठकले युवा नेता लक्ष्मी गुरुङलाई इलाम २ को टिकट दिने निर्णय गरेको हो । यसअघि इलाम जिल्ला कमिटीले गुरुङसहित ३ जनाको नाम केन्द्रमा सिफारिस गरेको थियो । गुरुङ राप्रपानिकट विद्यार्थी संगठन राप्रविसंघका

इलाम-२ का आकांक्षीलाई रविले बोलाए पार्टि कार्यलय

काठमाडौं,१५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले आसन्न इलाम २ को उम्मेदवार आज तय गर्ने भएको छ । रास्वपाका सभापति रवि लामिछानेले उम्मेदवारका सातै जना आकांक्षीलाई पार्टी मूख्यालय वनस्थली बोलाएका छन् । रास्वपामा इलाम- २ को प्राइमरी इलेक्सनका लागि गोकुलबहादुर राई, जमुना शर्मा, महेन्द्रकुमार थापा, मानबहादुर घिमिरे, मिलन लिम्बू र डा।शेषरमण

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायतका राजदूत रोब फेनको शिष्टाचार भेटघाट।

काठमाडौं, १५ चैत्र । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायतका राजदूत रोब फेनको शिष्टाचार भेटघाट। राजदूतद्वारा बधाई र सफल कार्यकालको शुभकामना व्यक्त। एकसय वर्षभन्दा बढीको घनिष्ठ सम्बन्धमा बेलायतले नेपालको पूर्वाधार विकास, सामाजिक उत्थान, सरकारी तथा गैर-सरकारी निकायको क्षमता अभिवृद्धि, विपद् व्यवस्थापन, गोर्खा सैनिक भर्नालगायत विषयमा गरेको सहयोग, सहकार्य

गृहमन्त्री रबिलाई लक्षित गगनको कटाक्ष: भगवानले ठगे पनि हुने, लुटे पनि हुने !

काठमाडौं,१५ चैत । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ पार्टी भन्नेहरु प्रश्नभन्दा पनि माथि रहेको टिप्पणी गरेका छन् पूर्व मन्त्री तथा पार्टीका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनपछि रोकिएको संवाद यात्राको नवलपरासीबाट सुरुवात गर्दै महामन्त्री थापाले नयाँ भनिएका दलहरुले पार्टी प्रमुखलाई भगवानको दर्जा दिएको पनि टिप्पणी गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका

मधेश र चितवपछि पूर्वराजा ज्ञानेन्द्र शाह अब कर्णाली भ्रमणमा

काठमाडौं, १५ चैत्र । पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता बढेको छ । उनी नागरिक अभिनन्दनसहित विभिन्न जिल्लाको भ्रमणमा निस्किन थालेका छन् । यसअघि उनले मधेश प्रदेशका विभिन्न जिल्लाका धार्मिकस्थलको भ्रमण गरेका थिए । त्यसपछि उनी सपरिवार चितवनमा बसेका थिए । अहिले भने उनले कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुको भ्रमणमा निस्किने भएका छन्