वीरगञ्जमा कोरोना संक्रमतको आशंका गरिएकी एक युवतीको मृत्यु भएको छ ।बारा परवानीपुर गाउँपालिका–४ घर भएकी १७ बर्षीया सबनम खातुनको मृत्यु भएको नारायणी अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिएका हुन् ।
नारायणी अस्पतालमा उपचारको क्रममा अवस्था गम्भीर भएपछि बुधबार उनलाई वीरगञ्ज हेल्थ केयर अस्पताल ल्याइएको थियो ।ईर्मजेन्सीमा भर्ना भएपछि हेल्थ केयरमा उनको आरडिटी परीक्षण गरिएको थियो ।
आरडिटी पोजेटिभ देखिएपछि कोरोनाको आशंकामा उपचार शुरु गरिएको थियो । बिहीबार गण्डक कोभिड अस्थायी अस्पतालमा भर्ना गरिएकोमा शुक्रबार अपरान्ह उनको निधन भएको छ ।
पखाला र जिउ काम्ने भइरहेको थियो, सँगसँगै स्वास प्रश्वासमा पनि समस्या रहे छ, डाक्टर सिंहले भने, पीसीआर परीक्षणका लागि स्वाब गएपनि रिपोर्ट आईसकेको छैन ।’
प्रतिक्रिया