Logo

वेष्ट इण्डिजविरुद्धको खेलमा आफ्नो पहिलो ओभर वलिङ गर्दै सन्दिप, लेलान् त विकेट ?

वेष्ट इण्डिज विरुद्धको खेलमा सन्दिपले आफ्नो पहिलो ओभर गरेका छन् । आइसीसी विश्व ११ को १३ औँ र आफ्नो पहिलो ओभरको बल सन्दिपले फालेका हुन् । सन्दिप लामिछानेले आज वेष्ट इण्डिज ११ विरुद्ध बलीङ गरेका हुन् । उनले पहिलो ओभरमा १२ रन खर्चेका छन् । उनका बलमा वेष्ट इण्डिजले एउटा छक्का प्रहार गरेको छ । जारी अवस्थामा वेष्ट इण्डिल १४ ओभर खेल्दै ३ विकेटको क्षतीमा १ सय १९ रन बनाएर खेलीरहेको छ ।

आज हुने खेलमा सन्दिप विश्व ११ का सबैभन्दा कान्छा खेलाडीका रुपमा रहनेछन् । उनी रहेको विश्व ११ को टिममा शाहिद अफ्रिदी कप्तानको रुपमा रहेका छन् । वेस्ट इन्डिजमा गत वर्ष आएको आँधीका कारण भत्किएको रंगशाला निर्माणमा सहयोग जुटाउन खेल आयोजना गरिएको हो । अन्तर्रा्ष्ट्रिय क्रिकेट काउन्सिलले विश्व एघार टिममा सन्दिपलाई पनि समावेश गरेपछि उनी गएको सोमबार इंग्ल्याण्ड गएका हुन् ।

आइसीसी विश्व ११ मा उनीसँगै दिनेश कार्तिक, मिचेल म्याकलेनाघन, थिसरा परेरा, रासिद खान, ल्युक रोन्ची, सोएब मलिक, तमिम इकवाल, आदिल रसिद, मोहम्मद सामी, साम विलिङ्स, टम कुरान र टायमल मिल्स छन् ।

वेस्ट इण्डिज ११ को टिममा कार्लोस ब्राथवेट, रायद इमरिट, आन्द्रे फ्लेचर, क्रिस गेल, एभिन लुइस, एस्ले नर्स, किमो पउल, रोमम्यान पोवेल, दिनेश रामदिन, आन्द्रे रसेल, स्यामुयल बद्री, मार्लोन सामुयल्स र केस्रिक विलियम्स छन् । वेस्ट इन्डिज ११ टिमको नेतृत्व कार्लोसले गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्