माधव नेपालको सांसद पद निलम्बित

काठमाडौं । भ्रष्टाचार मुद्दा दायर भएसँगैै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको सांसद पद निलम्बनमा परेको छ । काभ्रेको नगरकोटस्थित पतञ्जली जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । नेपालसहित पूर्वसचिव प्रेमकुमार राई, छविराज पन्तलगायत ९३ जनाविरुद्ध १८ करोड ५९ लाख बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर भएको हो ।…