Logo

अशोक दर्जीको घर निर्माण भयाे शिलान्याश (भिडियाे सहित)

युटुव बाट अत्याधिक चर्चामा आएका गायक अशोक दर्जीको घरको आज शिलान्यास गरिएको छ । झापा दमकको वडा नम्बर २ स्थित भालुकुडीमा वडा नम्बर २ का वडा अध्यक्ष प्रजापति सापकोटा,घर निर्माण आर्थिक संयोजक गायक तथा संगितकार टंक बुढाथोकी र निमार्ण समितिका अध्यक्ष पूर्ण वाइवा र अशोक पढ्ने बेथेल एजुकेशनल स्कुलका प्रिन्सिपल दिपक न्याेपानेले संयुक्त रुपमा पुजाआजा गरि घरको शिलान्यास गरेका हुन् ।

कर्यक्रममा बोल्दै आर्थिक संयोजक बुढाथोकीले असाेककाे घर निर्माणमा कहा कहा बट क कस्ले सहयाेग गरे भन्नेकुरा प्रकाश पारे भने ,अाफ्नाे युटुव च्यानल बाट अाएकाे पैसा पनि संचारकर्मी माझ सार्वजनिक गरेका थिए र सहयोगिमनहरुलाई धन्यवाद समेत दिए । यसअघि कार्यक्रममा सम्बोधन गर्दै प्रमूख अतिथि वडा अध्यक्ष सापकोटाले आँफुले पनि अशोकको घर निर्माणमा सहयोग गर्ने प्रतिवद्धता जनाए । सापकोटाले कार्यक्रमा नगद ५ हजार सहयोग समेत गरे ।

त्यस्तै विर्तामोडको ग्यालेक्सी फिटनेसले नगद ५० हजार एक सय रुपैया सहयोग गरेको छ । फिटनेसका संचालक चन्द्र रानासँगै संदिप शेर्मा, प्रेम राजबंशी, चन्द्र लिङ्देन, रोहित गजमेर र भिम लिम्बुको टोलिले आर्थिक संयोजक टंक बुढाथोकीलाई नगद हस्तान्तरण गरेको थियो । कार्यक्रममा २ नम्बर वडाका वडा सदस्यहरु राजु धिमाल, टंक प्रसाद गौतम, दिपक न्यौपाने, कोषाध्यक्ष डिजे रुपक, सचिव जिवन चुडाल, समाजसेवी पदम प्रसाद सापकोटा, संचारकर्मी तथा स्थानियबासीहरुको उपस्थिति रहेको थियो ।

भिडियोकाे लागि तल :

प्रतिक्रिया दिनुहोस्