Logo

धुर्मुसको ज्याननै खतरामा ? १ करोड खर्चमा वीर अस्पतालको मुहार नै फेरियो

चार वटा नमुना बस्ति बनाएर सबै नेपालीको मन मुटुमा बस्न सफल हास्यकलाकार धुर्मुस–सुन्तली यति बेला नेपालीकै पुरानो ठुलो अस्पताल बिर अस्पतालको सरसफाईमा व्यस्त छन् । एक पछिअर्को परियोजना सफलता पुर्वक सम्पन्न गरेका धुर्मुस सुन्तली फाउण्डेशनले क्रिकेट स्टेडियम र नमुना नेपाल बनाउने घोषणा पनि गरिसकेका छन् । अहिले वीर अस्पतालको सफाईमा लागेका धुर्मुस बिमारी परेका छन् । उनी वीर अस्पताल सफा गर्दागर्दै थलिएका छन् ।

अहिले वीर अस्पतालको सफाई कार्य सकिने अवस्थामा रहेको बताएका छन्, तर अस्पतालमा धेरै वटा कोठहरु भएकाले यती प्रतिशत बाँकी छ भन्न सकिने अवस्थामा नभएको धुर्मुसको भनाई छ । उनले भने, ‘म लामो समयदेखि ग्याँष्ट्रिकको बिरामी हुँ । वीर अस्पतालको सरसफाईको काम गर्दै गर्दा म बिरामी हुन पुगेको छु ।’ यसका साथै ग्याँष्ट्रिकबाट ग्रसित उनले वीर अस्पतालमा सरसफाईको काम गर्दै गर्दा इन्डोस्कोपी गरेकोसमेत बताएका छन् । डाक्टरहरुले धेरै नबोल्न सल्लाह दिएको उनी बताउँछन् ।


<

प्रतिक्रिया दिनुहोस्