Logo

एसएसपी खत्री र गोरेलाई सँगै नराख्न माग

सुन तस्करीका अभियुक्त एसएसपी श्याम खत्रीलाई पूर्पक्षका लागि जेल चलान गरिएको छ । लामो समयदेखी फरार रहेका एसएसपी खत्रीले बिहिबार प्रहरीको डिफ्युजन नोटिस जारी भएलगत्तै अदालतमा आत्मसमर्पण गरेका थिए ।

आत्मसमर्पणपश्चात जिल्ला अदालत मोरंगले खत्रीको थुनछेक बयान सकाएर पूर्पक्षकालागि जेल चलान गर्न आदेश दिएको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।थुनेछेक बहसमा खत्रीका कानुन व्यवसायीले गोरेलाई राखिएको मोरंग कारागारमा नराखेर झुम्का कारागारमा पठाउन निबेदन गरेका थिए । तर, न्यायधिश नारायण शर्माले खत्रीलाई मोरंग जिल्ला कारागार नै पठाउन आदेश जारी गरेका छन् ।


खत्रीको पक्षमा अधिबक्ता हेमराज पन्तले बहस गरे भने सरकारको तर्फबाट जिल्ला न्यायधिबक्ता पुण्यप्रसाद पाठकले बहस गरेका थिए । अभियुक्त्त खत्रीले संक्षितमा इन्कारी बयान दिएकोले समय अगावै बयान सकिएको थियो ।बयानपछि अदालतको ६ नम्बर इजलासमा खत्रीको थुनछेक बहस सुरु भएको थियो । न्यायधिश नारायणप्रसाद अधिकारीले थुनछेक बहसलाई धेरै नलम्ब्याउन आग्रह गरेपछि साढे पाँच बजे बहस सकिएको थियो । त्यसपछि अदालतले सवा ६ बजे एसएसपी खत्रीलाई मोरंग जिल्ला अदालतले पूर्पक्षका लागि जेल पठाउन आदेश जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्